काठमाडौं। नेपाल पुलिस क्लबले पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित फेला पारेको छ। त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आज भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा पराजित गरेको हो।
पुलिसले ढोरपाटनलाई २५–५, २५–९, २५–५ ले हराएको थियो। लगातार तेस्रो जितपछि ३ खेलबाट ८ अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लेको छ। ढोरपाटनको भने यो लगातार चौथो हार हो। अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गरेको छ। आर्मीले भरतपुरलाई २५–९, २५–८, २५–१३ को सेटमा पराजित गरेको हो।