न्यायाधीशहरूको सुनुवाइ सर्‍यो, सुवेदीविरुद्धको मुद्दामा अदालतको फैसला कुर्ने

काठमाडौं। सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरूको संसदीय सुनुवाइ सरेको छ। संसदीय सुनुवाइ समितिको आजको बैठकमा सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालविरुद्ध उजुरी दिनेहरूसँगको छलफल भएको र न्यायाधीशमा सिफारिस भएकाको सुनुवाइ २०७८ साल वैशाख ३ गते सुनुवाइ गर्ने निर्णय भएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

समिति सदस्य भीमसेनदास प्रधानले समितिमा उजुरीकर्ताहरूको धारणा सुनेको र सांसदहरूको व्यस्तताका कारण वैशाख ३ गते सुनुवाइ गर्ने निर्णय भएको बताए। यसअघि चैत २४ गते न्यायाधीशमा सिफारिसहरूको सुनुवाइ गर्ने निर्णय भएको थियो। आइतबार न्यायाधीशमा सिफारिसविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्ने र मंगलबार सुनुवाइ गर्ने निर्णय भएको थियो। उजुरीकर्ताहरूसँगको छलफलपछि समितिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका नहकुल सुवेदीविरुद्धको मुद्दाको फैसला पनि कुर्नका लागि सुनुवाइ सरेको हो।

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै