नेपाल पक्षको जिल्लास्तरीय भेला सुरु

काठमाडौं। नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ। देशव्यापी रूपमा पार्टीको कमिटी गठन गर्ने अभियानअन्तरर्गत काठमाडौंमा जिल्ला कमिटीको भेला सुरु भएको हो।

भेलालाई झलनाथ खनाल, माधव नेपाल,अष्टलक्ष्मी शाक्यलगायतले सम्बोधन गर्ने जनाइएको छ। नेपाल पक्षको काठमाडौं अध्यक्ष वसन्त मानन्धरलाई बनाउने तयारीसमेत गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर वडा तहसम्म कमिटी विस्तार गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली