माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी मारिए

काठमाडौं। भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ। ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ।

शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए। त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए।

त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो। माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको जनाइएको छ। तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको छ। भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन्।