कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक सुरु

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार फेरबदल गर्ने संकेत दिइसकेको एमालेको आजको बैठकलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। बैठकमा एमालेकै माधवकुमार नेपाल पक्षका सांसदहरू पनि सहभागी छन्।

सर्वोच्चले नेकपा खारेज गर्नु पूर्व मन्त्री पद जोगाउन एमालेकै केपी शर्मा ओली पक्ष छोडोर नेपाल पक्षमा गएका दुई मन्त्री पनि आजको बैठकमा सहभागी छन्। सामाजिक विकास मन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा बैठकमा सहभागी भएका हुन्। मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने बताइरहेको बेला एमाले संसदीय दलको बैठक बसेको हो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता