भारतको जेलबाट छुटेर आएका दुर्गाप्रसादको उपचार सुरु

विराटनगर। भारतमा ४० वर्ष जेल जीवन बिताएर रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ। तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेको थियो। आज उपचारका लागि उनलाई विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

थप उपचार अस्पतालमै राखेर गरिने प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताए। विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्र कार्कीले प्रदेश सरकार समक्ष तिम्सिनाको निस्शुल्क उपचार गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय