केपी ओलीको अनुहार र जुँगा मन नपरेर लडेका होइनौँः अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्ने हो भने वडासम्म नै संगठन बनाउनुपर्ने बताएकी छन्। माधवकुमार नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेलालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले केपी ओलीसँगको लडाइँमा जित आफुहरुकै हुने बताइन्।। केपी कमरेडसँग हामी लड्दैछौँ, हामी जित्छौँ होइन त? जित्नका लागि दुई चारवटा काम गर्नैपर्छु, उनले भनिन्, केपी कमरेडको अनुहार मन नपरेर, जुँगा मन नपरेर लडेका होइनौँ। उहाँले कम्युनिष्ट आन्दोलन सिद्याउन लागेकाले लडेका हौँ।

उनले अल्छी गरेर बसेर ओलीलाई हराउन नसकिने बताइन्। अल्छी गरेर भोलि गर्छु भनेर ओलीलाई जितिन्न। पहिलो काम संगठन विस्तार र निर्माण गरौँ, उनले थपिन्, विचारविहीन मान्छे हुन् केपी ओली, उनीसँग लड्न संगठन बनाउने जरुरी छ, विचारमा पनि प्रष्ट हुन सक्नुपर्छ।

अन्य सम्बन्धित समाचार:  राम्रो दिमाग भएका मान्छे मेरै पक्षमा छन्ः प्रचण्ड