नेप्से २५.७१ अङ्कले बढ्यो: शेयर बजारमा ९ अर्बको कारोबार

काठमाडौं। साताको पहिलो दिन आज नेप्से परिसूचक २५.७१ अंकले उकालो लागेर २ हजार ६५७.६१ बिन्दुमा पुगेको छ। बजारमा आज कूल २१२ कम्पनीको ८९ हजार ८६० पटकको व्यापारमा एक करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर कारोबार भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बृद्धि भएको छ। आज कारोबार अवधिभर कूल ९ अर्ब ६८ लाख बराबरको शेयर कारोबार भएको हो।

आज होटल तथा पर्यटन समूहको परिसूचक ०.८४ प्रतिशत, लगानी समूहको २.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८६ प्रतिशत र व्यापारिक समूहको परिसूचक ४.३९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धि भएको छ।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?

आज निर्जीबन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ। यस समूहको परिसूचक ३.९७ प्रतिशतले बृद्धि हुँदा जीवन बीमा समूहको परिसूचक भने ०.८९ प्रतिशतले मात्रै बढेको छ। यसैगरी बैंकिङ समूहको परिसूचक ०.८१ प्रतिशत, वित्त समूहको ३.६६ प्रतिशत, जलविद्युत समूहको १.५० प्रतिशत, लघुवित्त समूहको ०.४७ प्रतिशत र अन्य समूहको परिसूचक ३.४१ प्रतिशतले बढेको हो।