एमाले संसदीय दलको निर्णय– तीन मन्त्रीले २४ घन्टाभित्र राजीनामा दिनुपर्ने

सुर्खेत। नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देश जारी गरेको छ। आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीन जना मन्त्रीलाई २४ घन्टामा सरकारबाट राजीनामा दिन निर्देशन जारी गरेको जनाइएको छ।

‘तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ। उक्त निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिवद्धता जनाएको एक सांसदले जनाएका छन्।  कर्णाली प्रदेश सभामा नेकपा एमालेका १९ जना सांसद (सभामुखबाहेक) छन्। एमालेले सरकारबाट आफ्ना पक्षका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएसँगै प्रदेश सरकार संकटमा पर्ने देखिएको छ।

 

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह