कोरोनाविरुद्धको चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

काठमाडौं। सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ। चीन सरकारले केहि पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो।

यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अत्यावश्यक सेवामा स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलगायत पर्छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने