पार्टीको निर्णय अनुसार आजै हाम्रो राजीनामा आउँछः मन्त्री ज्वाला

काठमाडौं। कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन्। आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन्।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले सामुहिक राजीनामा दिन लागेको बताएका छन्। ‘हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले आजै हाम्रो राजीनामा आउँछ’, मन्त्री ज्वालाले भने। आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए