अब मास्क नलगाए १ सय रुपैयाँ जरिवाना

काठमाडौं। पछिल्लो सयमा छिमेकी मुलुक भारतमा दिनहुँ कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ। त्यसकारण नेपालमा पनि कोरोना भाइरस पुन फैलन सक्ने जोखिम रहेकाले काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ।

आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोना भाइरसबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ। प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजरसामजिक दुरी कायम गर्न आग्रह गरेको हो। प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन्।

गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको जनाइएको छ। पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ

अन्य सम्बन्धित समाचार:  कोरोना खोपः दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक