इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं।  इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ। सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरे। यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित