संसारकै प्रदूषित राष्ट्रको सूचीमा नेपाल पहिलो नम्बरमा

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर पुन वायु प्रदुषण बढेको छ। एक सताअघि बढेको वायुप्रदुषण पूर्वी तथा मध्य नेपालमा पानी परेपछि घटेको थियो। तर आजदेखि पुन काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा प्रदुषण बढेको छ।

नेपालका अधिकांश जिल्लामा लागेको डढेलो अझै पनि नियन्त्रणमा आइनसकेकोले र ठुलो बर्षा, हावा नचलेकोल प्रदुषण पूर्णरुपमा नहटेको मौसमविद् बताउछन्। नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढेको जनाइएको छ।

आजको तथ्याङक अनुसार नेपाल विश्वकै वायु प्रदुषण हुने पहिलो देशको सूचीमा परेको छ। उक्त सूची अनुसार वायु प्रदुषण हुने मुलुकमा नेपाल पहिलो परेको छ भने क्रमश म्यानमार, थाइल्याण्ड, भारतको दिल्ली, भेतनाम, भारतको मुम्बई रहेका छन्। तथ्याङक अनुसार नेपालको एयर क्वालिटी इन्डेक्स एक्युआई ३ सय ७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  प्यूठान दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँयो

आज वायु प्रदुषण हुने विश्वकै पहिलो शहरमा काठमाडौं परेको छ। काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३ सय ७ पुगेको छ। त्यस्तै दोस्रोमा नेपालगञ्जको एयर क्वालिटी इन्डेक्स २ सय ४८ र तस्रोमा पोखराको एयर क्वालिटी इन्डेक्स २ सय २ पुगेको छ।