रेड पाण्डाको छालासहित १ जना पक्राउ

काठमाडौं। संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित १ जना पक्राउ परेका छन्। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–६ सेराफाँट गोरखालीपुल नजिकबाट रेड पाण्डाको ३ थान छालासहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका–१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले लिम्बुलाई छालासहित फेला पारी उनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलभित्रै ‘हाम्रो राजा हाम्रो देश’ को नारा