मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्ने माओवादीको तयारी

काठमाडौं। माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावे फिर्ता लिने भएको छ। राजनीतिक औचित्य सकिएपछि फिर्ता लिने भएको माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए।

आज बस्ने प्रदेश संसद्को बैठकमा प्रस्ताव फिर्ता लिने भएको हो। एमाले नेता माधवकुमार नेपाल समुहले समर्थन फिर्ता लिएपछि माओवादीको एक चौथाइ मत पुग्दैन। त्यही भएर माओवादीले फिर्ता लिने भएको हो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, चार मन्त्री थपिदैँ