आफैँ अड्काउने आफैँ पड्काउने?: गोकुल बास्कोटा

काठमाडौं। पूर्व सञ्चारमन्त्री एवंम नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सरकारको समर्थन फिर्ता लिन चुनौती दिएका छन्। आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले माओवादीले सरकारको समर्थन फिर्ता लिए नयाँ ढंगबाट अघि बढ्ने जानकारी दिएका हुन्।

उनले भने, ‘समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन नसक्ने, अनि काम चलाउन भो रे समर्थन फिर्ता लिनुहोस्, नयाँ ढंगले अघि बढ्छ। आफैँ अड्काउने आफैँ पड्काउने? विचार लिएर जान सबै स्वतन्त्र हुन्छ। चुनावमा जानु प्रतिगमन हुन्छ भने शाही जनवाद ल्याउन गरिएको प्रयास चाहिँ अग्रगमन हुने हो र?’ चुनावदेखि डराउनेहरुले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता