गोकुल बास्कोटाप्रति कँडेलको टिप्पणी – ‘जस्ता गुरु उस्तै चेला’

काठमाडौं। नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सांसद गोकुल बास्कोटाले संसदमा गरेको संवोधनलाई गुरु अनुसारको चेला भएको टिप्प्णी गरेका छन्। देशमा विकासको थालनी नै केपी ओली प्रधानमन्त्री भएपछि मात्र भएको हो भन्दै बास्केटाले गरेको संवोधनप्रति मध्यनजर गर्दै कँडेलले यस्तो टिप्पणी गरेका हुन्।

कँडेलले सुरुवातमै भने, “सभामुख महोदय म त्यता जान चाहन्न, कस्ता गुरु भनेर यहाँ अवगत गराउन चाहन्छु।” उनले त्यति भनेर २०७४ सालको निर्वाचनका समयमा केपी शर्मा ओलीले नेपाली कांग्रेसको अन्तिम सरकार घोषणा गरेको स्मरण गरे।

साथै उनले जनताले दिएको मतको प्रयोग कसरी भयो भन्ने सबैले देख्न पाएको बताए। “यदी यस्तै रह्यो भने, सायद एमालेका अन्तिम प्रधानमन्त्री केपी ओली नै हुन सक्छन्, त्यसपछि अघि बढ्न सक्दैन,” कँडेलले थपे, “यो सरकार सर्वोच्चको निर्णय अनुसार ७६ (१)को सरकार हो। संविधान धारा १०० को (२) अनुसार सत्तारुढ दल विभाजित भएमा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ। एमालेले विश्वासको मत पाएको होइन। उहाँले अब लिनु पर्दैन ? आजै ३० दिन पूरा भएको छ।”

अन्य सम्बन्धित समाचार:  माओवादीले स्थायी कमिटी बैठक बोलायो