वायु प्रदूषणः संसारकै पहिलो नम्बरमा नेपाल, बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौं। काठमाडौं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे। उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन्। नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ। त्यसैगरी आजको तथ्याङक अनुसार नेपाल विश्वकै वायु प्रदुषण हुने पहिलो देशको सूचीमा परेको छ। उक्त सूची अनुसार वायु प्रदुषण हुने मुलुकमा नेपाल पहिलो परेको छ भने क्रमश म्यानमार, थाइल्याण्ड, भारतको दिल्ली, भेतनाम, भारतको मुम्बई रहेका छन्। तथ्याङक अनुसार नेपालको एयर क्वालिटी इन्डेक्स एक्युआई ३ सय ७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  सेती नदीमा बेपत्ता युवक परेनन् फेला

आज वायु प्रदुषण हुने विश्वकै पहिलो शहरमा काठमाडौं परेको छ। काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३ सय ७ पुगेको छ। त्यस्तै दोस्रोमा नेपालगञ्जको एयर क्वालिटी इन्डेक्स २ सय ४८ र तस्रोमा पोखराको एयर क्वालिटी इन्डेक्स २ सय २ पुगेको छ।