१ अंकले बढेको नेप्से नयाँ उचाइमा

काठमाडौं। सेयर बजारको परिसूचक नेप्से आज १ अंकले उकालो लागेको छ। आज कारोबारपछि परिसूचक २६५८ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। हिजो मात्रै नेप्सेले नयाँ उचाइ बनाएको थियो। आज ७ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। रकमका आधारमा हिजोको तुलनामा कारोबार रकम खुम्चिएको छ। हिजो ९ अर्ब रुपैयाँको किनबेच भएको थियो।

आज बैंकिङ ११, विकास बैंक १३, निर्जीवन बीमा १०६ र जीवन बीमा ३८ अंकले घटेका छन्। लगानी र फाइनान्स समूह १ अंकमुनि रातो रहे। ब्यापार १३२, होटल तथा पर्यटन ११४, जलविद्युत ४६, उत्पादन २४, अन्य ३३, माइक्रोफाइनान्स ३४ अंकले बढेका छन्। ४ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

अन्य सम्बन्धित समाचार:  पेट्रोलियम पदार्थको अर्डर अनलाइनबाटै गर्न सकिने