कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलबार राजीनामा दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले भोलि मंगलबार राजीनामा दिने भएका छन्। आइतबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिने बताए छन्। मंगलबार पत्रकार सम्मेलननै गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले बताए।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लागेका हुन्। कर्णालीमा एमालेले एकल सरकार बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग समेत गरिसकेको छ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन्। यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो।

अन्य सम्बन्धित समाचार:  अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती