कोरोना संक्रमणदर बढ्दो, देशभर थप २६६ जनामा संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७८ हजार २१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर १०२ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार ८३२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ३ हजार ३६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका कोरोना संक्रमित युवकको भेरी अस्पतालमा मृत्यु