नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै

काठमाडौं। केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको नेकपा एमालेको माधव नेपाल समुहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दैछ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा दिउँसो १२ बजे बस्ने बागमती प्रदेशको स्थायी समिति बैठकले सो प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको जनाइएको छ। माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेश स्थायी समितिको बैठक ११ बजेलाई बोलाए पनि जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आइपुग्न समय लाग्ने भएकाले केही ढिला हुनसक्ने जानकारी दिइन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै