रुकुम पश्चिममा माओवादीको जनसभा

काठमाडौं। नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गर्दै छ। उक्त सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ।

सदरमुकाम खलंगामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सम्बोधन गर्ने जनाइएको छ। माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम छ।

अन्य सम्बन्धित समाचार:  ओलीले डाकेको सर्वदलीय बैठक प्रचण्डद्धारा बहिस्कार