तीन वर्षदेखि अपाङ्गता भएकी छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

काठमाडौं। अपाङ्गता भएकी १५ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा सौतेलो बुबालाई प्रहरीले पक्राउ गरेको छ। उनले बिगत तीन वर्षदेखि बलात्कार गर्ने गरेको पिडित पक्षको भनाइ छ। गत २७ फागुनमा श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको जनाइएको छ।

अहिले उनी ललितपुर प्रहरी परिसरको हिरासत कक्षमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।