बर्दियामा मान्छे खान पल्किएको बाघलाई चिडियाखानामा राखियो

काठमाडौं। बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।

आज बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो। उक्त बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो। यो बाघको आक्रमणमा परी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता