आहा रारा गोल्डकप फुटबलः अन्तिम क्वाटरफाइनल खेल हुँदै

पोखरा। पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ। पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुने जनाइएको छ। दुई टिमबीच यसअघि आहा रारामा ७ खेलमा प्रतिस्पर्धा भएको छ।

जसमा पुलिसले ६ खेल जितेको छ। थ्री स्टारले एक मात्र खेल जितेको छ। प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ। यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा