सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं। सुनको मूल्य आज उकालो लागेको छ। छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको तोलामा पनि तीन सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै यता चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य घट्यो