काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेपाल पक्षले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी दिएको हो।
त्यस्तै बागमती प्रदेशका सबै जिल्लामा समेत नेतृत्व आजै घोषणा गर्ने नेपाल पक्षको तयारी रहेको छ। यसअघि यस अघि नै नेपाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरिसकेको छ।