बागमती प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ। पार्टी अध्यक्ष एवम् केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको नेपाल पक्षले अष्ठलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाइँ रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन्। समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएको छ।

अन्य सम्बन्धित समाचार:  महिलासंग रंगेहात पक्राउ परेका नेता विकलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित