माओवादीले ४ संघीय सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ। उक्त बारेमा पत्र आज माओवादीले संसद सचिवालयमा दर्ता भएको जनाइएको छ। सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो।

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन्। मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन ।

अन्य सम्बन्धित समाचार:  एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल