ट्रक दुर्घटनामा एकजनाको मत्यु

भोजपुर। भोजपुरको अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते छन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। शवको पोष्टमार्टम मंगलबार भोजपुर जिल्ला अस्पतालमा गरिएको प्रहरी निरीक्षक प्रदीप लामाले बताए।

अन्य सम्बन्धित समाचार:  टिपर र बस ठोक्किँदा १७ जना घाइते