तेस्रो दिन पनि बढ्यो नेप्से

काठमाडौं। साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले उकालो लागेको छ। यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ। आज र नेप्से १६७४.४७ विन्दुमा पुगेर रोकिएको छ।

आज होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, म्यूचअल फण्ड र लगानी समूहका लगानीकर्ताहरुले कमाएका छन्। आज बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका लगानीकर्ताले भने गुमाएका छन्। तेस्रो दिन लगातार वृद्धि हुने क्रममा आज चार वटा कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। मंगलबार कारोबार रकम समेत सोमबारकै हाराहारीमा भएको छ।

अन्य सम्बन्धित समाचार:  सेयर बजारमा ऐतिहासिक रेकर्ड