ओलीको टाङमुनि छिर्ने कि दृढतापूर्वक उभिएर लडाइँ जित्‍ने?: माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै सम्झौता गर्नबाट पछि नहट्ने बताए। राजधानीमा आज आयोजित बागमती प्रदेश कमिटी बैठकमा बोल्दै नेता नेपालले आफ्नो स्वार्थका लागि ओलीले देशलाई विभिन्‍न आधारमा खण्ड(विखण्ड पार्ने प्रयास गरिरहेको पनि आरोप लगाएका छन्।

नेपालले अहिले एमालेमा देखिएको संकटका बेला एक–एक व्यक्तिको अग्नि परीक्षा भइरहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भनेकोमा पनि असन्तुष्टि व्यक्त गरे। नेता नेपालले आफूले यसअघि प्रचण्ड र केपी शर्मा ओलीको चोचोमोचोको विरोध गरेको पनि सम्झिएका छन्।

नेता नेपालले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीमा आफूहरुको खैरियत नरहेको पनि बताए। ुओलीसँग आत्मसमर्पण गर्ने वा टाङमुनि छिर्ने?, उनले भने, कि हामी उनीसँग भिडेर बस्ने? उनले सबै कमजोरी सुधारेर अघि बढ्ने पनि बताए।

अन्य सम्बन्धित समाचार:  माओवादीले स्थायी कमिटी बैठक बोलायो