प्रचण्डले रुकुम पुगेर भने– ‘केही दिनमा सरकार कब्जा गर्नेछौँ’

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै सरकार कब्जा गर्ने उद्घोष गरेका छन्। आज ३२ औँ जनआन्दोलन दिवसका अवसरमा रुकुममा भएको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन्।

‘हामी केहि दिनमा सरकार कब्जा गर्ने ठाउँमा जानेछौँ। हामी छलफलमा छौँ। यो कार्यक्रमपछि पनि छलफल गर्ने छौँ। प्रतिक्रान्तीकारीहरुलाई भन्न चाहान्छौँ हामी सरकार कब्जा गर्नेछौँ।’ प्रचण्डले भने। साथै आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले हारेको र आफू जनतामा गएकाले जितेको बताएर रुकुम आएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे