आहा रारा गोल्ड कप: एपीएफलाई हराउँदै सङ्कटा फाइनलमा

काठमाडौं। आहा रारा गोल्ड कप फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब फाइनलमा पुगेको छ। पोखरा रङ्गशालामा आज भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो।

सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे। सङ्कटाले उपाधिका लागि बिहीवार हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। फाइनल खेल आउँदो शनिवार हुनेछ।