राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्नूः स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न र गराउन आग्रह गरेको छ। पछिल्लो समयमा देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो।

मन्त्रालयले आज १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको हो। त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न समेत भनेको छ। घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न भनिएको छ।

अन्य सम्बन्धित समाचार:  विद्यार्थीमा कोरोना देखिएपछि विराटनगरका विद्यालय एक साता बन्द