सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सनुचाँदी महासंघ व्यवसायीले जनाएको छ।

यस्तै तेजाबी सुन तोलाको ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य पनि बढेको छ ।मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य बढ्यो, तोलाको कति?