नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्। स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए।

“छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” उनले भने। सभापति देउवाले आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको बताए। कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाको भनाई छ। लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए।

अन्य सम्बन्धित समाचार:  एमाले सांसदले गरे फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो