नेपाल समुहले बागमती प्रदेश कमिटीमा राखेका २ सदस्यले भने: त्यसमा हामी छैनौं

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहद्वारा गठित बागमती प्रदेश कमिटीमा सदस्य राखिएका दुई नेताले पद अस्वीकार गरेका छन्।नेपाल समुहले मंगलबार घोषणा गरेको बागमती प्रदेशको समानान्तर कमिटीमा राखिएका धनबहादुर घले र डा. रामकुमार अधिकारीले संयुक्त विज्ञप्ति जारी गरी त्यसमा आफूहरूको असहमति रहेको जानकारी दिएका छन्।

घले संविधानसभा सदस्य तथा अधिकारी बागमती प्रदेश सभा सदस्यसमेत हुन्। २०७० मा भएको संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ मा भएको प्रदेश सभा चुनावमा त्यही क्षेत्रबाट निर्वाचित अधिकारी नेकपा विभाजनका बेला प्रचण्ड–नेपाल समुहमा उभिएका थिए।

dhana rambi

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा