राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने एकजना पक्राउ

काठमाडौं। फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्‍याउने एकजनालाई विमानस्थलबाट पक्राउ परेका छन्। मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको जनाइएको छ।

उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्‍याएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  सिमकोट विमानस्थल जोखिममा