माओवादी केन्‍द्र बाहिरियो गण्डकी सरकारबाट, राजीनामा बुझाएर फर्किए दुई मन्त्री

पोखरा। गण्डकी सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा आज मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन्।

मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेता समेत रहेका चुमानले जानकारी दिए। मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताएका थिए।

अन्य सम्बन्धित समाचार:  एमाले प्रवेश गरेका माओवादी सांसद पदमुक्त