एनभीए क्लब लिगमा महिलातर्फ न्यू डायमण्ड र नेपाल पुलिस फाइनलमा

काठमाडौं। पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन्। आज भएको लिग चरणको अन्तिम खेलमा विजयी भएपछि पुलिस र डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन्। लिगको अन्तिम खेलमा न्यू डायमण्ड विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो।

६ टोली सहभागी लिगमा न्यू डायमण्ड १३ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पुलिस ११ अंक जोड्दै लिगमा दोस्रो भएको हो। फाइनल खेल बिहीबार हुनेछ।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा