नेप्सेमा सामान्य गिरावट

काठमाडौं। शेयर बजारमा आज सामान्य गिरावट आएको छ। उच्चबिन्दुको रेकर्ड बनाउँदै अगाडि बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८५ अंकले गिरावट आउँदै २ हजार ६ सय ७१ दशमलव ६२ अंकमा झरेको छ। १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँ बराबरको कारोवार भयो।

बैंकिङ, विकास बैंक, होटल एन्ड टुरिजम, माइक्रोफाइनान्स र म्युचुअल फन्ड हरियो देखिँदा अन्य समूहमा गिरावट आयो। आज महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोवार हुँदा रेयरिङ हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो, सानिमा जेनरल इन्स्योरेन्स, एसटीसी लगायतका कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै गुमाए। आज पनि लगानीकर्ताको रोजाइमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा रह्यो।

अन्य सम्बन्धित समाचार:  सेयर बजारमा ऐतिहासिक रेकर्ड