लागुऔषध गाँजा र चरेशसहित एक जना पक्राउ

बाग्लुङ। लागुऔषध गाँजा र चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अबैध लागूऔषध चरेश र ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रकाउ गरेको छ।

प्रहरीले मिनालाई गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। बुर्तिवाङमा मिनाले सञ्चालन गरेको मिना खाजा घरबाट ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरलिे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँः सभामुख सापकोटा