देशभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन्।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु