सर्वोच्चले भन्नै नहुने कुरा भनिदियो: प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी पूर्ववत् रुपमा फर्किएकोप्रति असन्तुष्टी व्यक्त गरे। देशव्यापी भ्रमणका क्रममा आज रुकुमको चौरजहारी नगरपालिका पुगेका प्रचण्डले सर्वोच्चले पार्टी पूर्ववत् रुपमा फर्काइदिएर गर्ने नहुने काम गरेको जानकारी दिए।

‘हामीले संसद सचिवालय दर्ता गर्नका लागि तयार भएका बेला सर्वोच्चको निर्णय आयो।’ प्रचण्डले भने, ‘सर्वोच्चले भन्नै नहुने कुरा भनिदियो। सर्वोच्च अदालतले भनेको कुरा मान्न चाँही पर्ने तर पुनर्बिचार गलत हो भन्न नपाइने।’

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे