माओवादीद्वारा वागमती प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं। माओवादी केन्द्रले आफूहरुले उठाएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएको भन्दै वागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। मंगलबार पनि माओवादीले प्रदेश सरकारको वैधानिकतामा नै प्रश्न उठेको भन्दै विद्युतीय बस खरिद, बजेटको बाँडफाँड तथा नीति तथा कार्यक्रमको विषयमा प्रश्न उठाएर बैठक अवरुद्ध गरेको थियो।

माओवादीले उठाउँदै आएको प्रश्नको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलले दिएका थिए। तर उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै माओवादीले बैठकमा अवरोध गरेको जनाइएको छ। पौडेलले अविश्वासको प्रस्ताव, नीति तथा कार्यक्रमसहितका विषयमा जवाफ दिएका थिए। तर, उनको जवाफमा चित्तबुझ्दो नभएको भन्दै माओवादीले बैठक अवरुद्ध गरेको हो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे