आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल– नेपाल पुलिस र अफ्रिकन रूट खेल्दै

पोखरा। पोखरामा जारी १९औँ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लव र अफ्रिकन रुट एसोसियसनबीच भिड्दै छन्। पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २स्३० बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन्।

आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४–० को जित निकालेको थियो। यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो। यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ। संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ।