प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो।

यो विधेयकप्रति नेपाली कांग्रेसका सांसदहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका छन्। नेपाली कांग्रेसका सांसदहरुको विरोध भए पनि संसदीय समितिको बहुमतले पारित गरेको यो विधेयक पारित भएको १५ दिनपछि प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो। यस्तै आजको बैठकमा सभामुख अग्नि सापकोटाले पूर्व सांसद ऐश्वर्यलाई प्रधानाङ्गको निधनमा शोक प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची रहेको छ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली